यी हुन् कोरोना महामारी सहज भएसँगै छायांकनमा जाने नेपाली चलचित्र

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

कोरोना महामारीका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेका ४५ चलचित्र हलसम्म पुग्न पाएका छैनन्। विभिन्न चलचित्रका छायांकन पनि चैतमा कोरोना भाइरसको महामारी नेपालमा प्रवेश गरेसँगै स्थगनमा छन्। छायांकनको योजनामा रहेका चलचित्रका कामै शुरू हुन पाएनन्।

बनिसकेका चलचित्र प्रदर्शनका लागि, छायांकन शुरू भइसकेर स्थगनमा रहेकाहरू काम पुनः सुचारू गर्नका लागि तथा योजनामा रहेका छायांकन शुरू गर्नका लागि सहज अवस्थाको पर्खाइमा छन्। यसैबीच नेपाली चलचित्र उद्योगले एक अर्ब १५ करोड रूपैयाँभन्दा बढीको क्षति बेहोरिसकेको सरोकारवालाहरूले दाबी गर्न थालेका छन्।

तर, महामारी झन् भयावह बन्दै गइरहेका बेलासमेत चलचित्रकर्मीहरूमा नयाँ चलचित्र घोषणा गर्ने होडजस्तै चलेको छ।

प्रकाशित मिति: : 2020-09-05 14:09:45

प्रतिकृया दिनुहोस्