सेरेनालाई स्तब्ध पार्दै भिक्टोरिया युएस ओपनको फाइनलमा

सेरेना विलियम्स युएस ओपन टेनिस अन्तर्गत भएको महिला एक तर्फको सेमिफाइनलबाट बाहिरिएका छन्।

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि जित्ने सपना बाेकेकी अमेरिकी सेरेना चिर प्रतिद्धन्द्धी भिक्टोरिया अजारेन्कासँग पराजित भएकी छन्।

पूर्व विश्व नम्बर एक भिक्टोरिया पहिलो सेटमा पछि परेकी थिइन्, तर त्यसपछिका सेटमा जित निकालेर उनी फाइनलमा पुगेकी हुन्।

बेलारुसकी भिक्टोरियाले सेरेनालाई १-६, ६-३ र ६-३ को सेटमा पराजित गरेकी हुन्। 

भिक्टोरियाले उपाधिका लागि सन् २०१८ कि विजेता जापानी खेलाडी नाओमी ओशाकासँग प्रतिस्पर्धा गर्ने छिन्।

दुई पटककी अस्ट्रेलियन ओपन टेनिस विजेता भिक्टोरियाले सन् २०१३ पछि पहिलो पटक खेलेको ग्राण्ड सलामको सेमिफाइनलमा जित निकालेकी हुन्।

प्रकाशित मिति: : 2020-09-11 11:32:30

प्रतिक्रिया दिनुहोस

सबै