मुहार फेर्न पर्खिरहेको एउटा विद्यालय!

दशरथ घिमिरे 

पढ्न लेख्न घोराही जानुपर्थ्याे । सामान्य आर्थिक अवस्था भएका परिवारका छोरा छोरी स्कूल जान नसक्ने भए । थारु, दलित, क्षत्री, ब्राहमण समुदाय भित्रका विपन्न परिवारका छोरा छोरी शिक्षाबाट वञ्चित हुनुपर्ने जस्तै अवस्था आयो ।

अनि गाउँका अगुवा होमबहादुर खत्रीको नेतृत्वमा गाउँ नजिकै सार्वजनिक जग्गामा खरको छानो हालेर खामा खाडेर विद्यालय खडा भयो । सुरु भयो सरयू विद्यालयमा पढाई । घोराही उपमहानगरपालिका वडा नं. ३ भैँसकुर्मा गाउँमा शिक्षाको ज्योती पुर्‍याउन स्थापना गरिएको विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव छ ।

टिनको छानो हालिएका साना कक्षा कोठामा विद्यार्थी कोचिएर पढ्नुपर्ने अवस्था छ ।‘ बाले स्थापना गरेको विद्यालयको अवस्था सुधार गर्नुपर्ने जरुरी छ । राम्रा कक्षा कोठा छैनन् । बर्खामा पानी चुहिने, गर्मिमा टिनले पोल्ने समस्या छ’ स्थानीय अगुवा भक्तबहादुर केसीले भने–‘विद्यालयमा एउटा राम्रो भवन, पर्खाल, सार्वजनिक शौचालय, खानेपानीको व्यवस्थापन गर्न आवश्यक छ ।’

प्रकाशित मिति: : 2020-09-15 09:56:31

प्रतिकृया दिनुहोस्