भारतका केन्द्रीय मन्त्री हरसिमरत काैर बादलले दिइन् राजीनामा

एजेन्सी

मुम्बई

 भारतकी केन्द्रीय मन्त्री हरसिमरत काैर बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी छिन्।

भारत सरकारले बिहीबार कृषि सम्बन्धित अध्यादेश ल्याएपछि शिरोमणि अकाली दलकी सांसद समेत रहेकी उनले बिहिबार राजीनामा दिएकी हुन्।

बीजेपीकी सहयोगी समेत रहेकी शिरोमणि अकालीले दल अध्यादेश ल्याएको भन्दै राजनीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै मोदी क्याबिनेटमा झट्का लागेको छ।

बिहीबार जब लोकसभामा बिल पेश गरियो शिरोमणि दलका सांसद सुखबीर सिंह बादले सदनमै विरोध जनाए। उनले मोदी सरकारलाइ चुनाैती दिँदै भने, ‘हरसिमरत काैर बादलल मन्त्रीपदबाट राजीनामा दिनुहुनेछ।’ तर शिरोमणि अकाली दलले भने मोदी सरकारको समर्थन भने जारी नै राख्नेछ।

हरसिमरत काैर बादल केन्द्रीय खाद्य एवं प्रसंस्करण उद्योग मन्त्री थिइन्। राजीनामा पेश गर्दै हरसिमरतले भनेकी छिन्, ‘मैले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा म केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएकी हुँ।’

उनले किसानको साथ बस्नु छोरी र बहिनीको रूपमा गर्व हुनु बताएकी छिन्।

यता, सुखबीर सिंह बादलले उक्त अध्यादेशको विरोध गर्दै यसले भारतका २० लाख किसानलाइ प्रत्यक्ष असर पर्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-09-17 21:45:50

प्रतिकृया दिनुहोस्