बिहिबार, २१ अगस्ट २०२५

हामी दाजुभाइ: महिला अधिकारका लागि पुरुष हातेमालो

हिमाल खबर

हिमाल खबर

काठमाडौँ
News Image
• • •

नुनुता राई 
लैंगिक हिंसा अन्त्यका लागि समाजका सबै व्यक्तिको सहभागिता जरुरी हुन्छ। तर, महिलामाथि हुने गरेका हिंसा र विभेदका घटना न्यूनीकरणमा पुरुषको सहभागिता प्रभावकारी नभएको गुनासो सुनिन्छ। महिला मुद्दामा पुरुषको सोच र सहभागिता ‘हामी त अधिकार दिने’ वा ‘बोलिदिनुपर्ने’ तहमा रहेको धेरैको अनुभव छ।  

सिङ्गो समाजलाई असर पार्ने महिला हिंसाको मुद्दालाई सम्बोधन गर्न पुरुषको पनि महत्वपूर्ण भूमिका हुने दायित्व बोध गरेर ‘हामी दाजुभाइ’ संस्थाले काम गर्दै आएको छ। यो संस्था स्थापना भएको गत वैशाखमा एक वर्ष पुगेको छ। त्यसयताको अधिकांश समय पुरुषले निर्वाह गर्नुपर्ने भूमिका र बुझ्नुपर्ने विषयबारे अध्ययन गरेको संस्थापक अध्यक्ष संजोग ठकुरी बताउँछन्। उनी भन्छन्, “संस्थामा सबै पुरुष छौं, यसै कारण गलत तरिकाले निर्देशित हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुझाव लिएर अगाडि बढिरहेका छौं।”

ठकुरीको बुझाइमा अहिलेसम्म समाजमा महिला अधिकारको कुरा महिलाले मात्रै गर्ने हो भन्ने मानसिकता छ। यस्तो गलत सोचले समाजमा बस्ने हरेक व्यक्तिलाई असर गरिरहेकाले जनचेतना फैलाउनुपर्ने उनी जरुरी देख्छन्। उनी भन्छन्, “महिलाको समस्या समाजको हो भन्ने महसूस अधिकांश पुरुषमा छैन, यो मानसिकताले महिलालाई दोस्रो दर्जाको नागरिक बनाइरहेको छ।”
 

आइतबार, आश्विन ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)