
बिएल संवाददाता
इटालियन सिरी ए अन्तर्गत बुधबार राति भएकाे खेलमा इन्टर मिलानले लगातार दोस्रो जित निकालेको छ।
बेनेभेन्टोको मैदानमा भएकाे खेलमा मिलानले ५-२ गोल अन्तरकाे जित हात पारेकाे हाे।
मिलानकाे लागि रोमेलु लुकाकुले पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २५औँ मिनेटमा रोबर्टो गाग्लियारडिनीले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए।
२८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए।
खेलको ३४औँ मिनेटमा गियानलुका काप्रारीले गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए।
तर, ४२ औँ मिनेटमा आच्रफ हाकिमीले गोल गरे। उनकाे गाेलसँगै मिलानले पहिलाे हाफ ४-१ को अग्रता लियाे।
खेलको ७१औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ५-१ को अग्रता दिलाए।
७६ औँ मिनेटमा बेनेभेन्टोका काप्रारीले व्यक्तिगत दोस्रो गोल गरेपनि इन्टर ५-२ ले विजयी भयो।
लगातार दोस्रो जित निकालेसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ। मिलान लिगको दोस्रो स्थानमा छ।
बेनेभेन्टोको यो पहिलो हार हो। बेनेभेन्टोले २ खेलमा ३ अंक जोडेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया