आफ्नै काकाबाट बलात्कृत बालिका बनिन् आमा

कास्कीमा आफ्नै काकाबाट बलात्कृत बालिका आमा बनेकी छिन्। 

गत पुसमा बलात्कारमा परेकी १४ वर्षीया बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी थिइन्। 

बालिका आमा बनेको करिब एक महिनापछि सर्लाही प्रहरीको समन्वयमा बलात्कारमा संलग्न २१ वर्षीय ती पुरुषलाई पक्राउ गरेको छ। 

उनी आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका ती व्यक्तिलाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-05 19:56:30

प्रतिकृया दिनुहोस्