बिहिबार, २८ अगस्ट २०२५

लुम्बिनी अस्पतालमा उपचाररत् दाङकी कोरोना संक्रमित महिलाको मृत्यु

News Image
• • •

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत् दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

राप्ती गाउँपालिका ८ की ७१ वर्षीय महिलाको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको हाे।

असोज १७ गते कोरोना पोजेटिभ पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी थिइन्। 

स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएकाेथियाे। 

महिलामा श्वासप्रश्वास समस्या हुनुका साथै उच्च ज्वरो आएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
 

बुधबार, आश्विन २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)