कोरोना संक्रमण ४ करोड पुग्यो, अमेरिकालाई पछ्याउँदै भारत

विश्वमा कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नाघेको छ। 

सोमबारसम्म संक्रमितको संख्या ४ करोड ३ लाख ६६ हजारको हाराहारीमा संक्रमित पुगेका हुन्। यसमा ३ करोड एक लाखभन्दा बढी मानिसले स्वास्थ्य लाभ गरेका छन्। 

वर्ल्ड ओ मिटर्स वेभसाइटका अनुसार हालसम्म कोरोनाबाट ११ लाख १९ हजार ४ सय ७१ संक्रमितको निधन भएको छ। 

अहिले पनि ९० लाखको हाराहारीमा मानिसहरू संक्रमित छन्, जसमा ७२ हजार मानिसको अवस्था चिन्ताजनक भएको अन्तर्राष्ट्रिय समाचारहरूले बताएका छन्। 

एक रिपोर्टअनुसार सबैभन्दा बढी संक्रमित अहिले पनि अमेरिकामै छन्। अमेरिकामा ८३ लाखको हाराहारीमा मानिसहरू संक्रमित छन्। जहाँ २ लाख २४ हजार मानिसको निधन भएको छ। 

दोस्रो नम्बरमा भारत छ। भारतमा ७५ लाखभन्दा बढी मानिस संक्रमित छन्। जहाँ १ लाख १४ हजारभन्दा बढी मानिसको निधन भएको छ। तेस्रो नम्बरमा ब्राजिल छ। 

ब्राजिलमा ५२ लाखभन्दा बढी मानिस संक्रमित छन्, जहाँ १ लाख ५३ हजारभन्दा बढी मानिसको निधन भएको छ। चौथो नम्बरमा रुसमा १४ लाख बढी मानिस संक्रमित छन्। 

यहाँ अन्य देशको तुलनामा कम मानिसको निधन भएको छ। रुसमा २४ हजारको हाराहारीमा मानिसको निधन भएको छ। 

अमेरिका, ब्राजिल र भारतपछि सबैभन्दा बढी मानिस मेक्सिकोमा ८६ हजारको हाराहारीमा निधन भएको छ। 

पाँचौ नम्बरमा बेलायतमा ४३ हजार, छैटौं नम्बरमा इटालीमा ३६ हजार, सातौं नम्बरमा पेरुमा ३३ हजार ७ सय, आठौं नम्बरमा फ्रान्समा ३३ हजार ४ सय, नवौं नम्बरमा इरानमा ३० हजार, दसौं नम्बरमा कोलम्बियामा २८, एघारौं नम्बरमा अर्जेन्टिनामा २६ हजारको हाराहारीमा मानिसको निधन भएको छ। 

कोरोनाका कारण सर्वाधिक ज्यान गुमाएको देशमा रुस बाह्रौं नम्बरमा पर्छ।

प्रकाशित मिति: : 2020-10-19 19:15:00

प्रतिकृया दिनुहोस्