सेतोपाटी
कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।
दसैं नै नमनाउने धर्मावलम्बीको गाउँमा प्रचलित यो 'अनुकरणीय' परम्परा उद्धृत गर्दै संस्कृतिविद् जगमान गुरुङ भन्छन्, 'यो कुनै धर्म वा जाति विशेषको चाड होइन, हाम्रो विशिष्ट समन्वयकारी संस्कृति हो, जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ।'
मिया पाटनको प्रसंग एउटा उदाहरण हो।
यस्ता अनेक विशेषता छन्, जसले दसैंलाई हिन्दु धर्मको परिधिबाट माथि उठाएर सांस्कृतिक चाडका रूपमा स्थापित गर्छ।
नभए, भारतका हिन्दुले मनाउने 'दशहरा' भन्दा हाम्रो 'दसैं' किन भिन्न छ?
उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, किन हामीजस्तै निधारमा रातो अक्षताको टीका र शिरमा पहेंलो जमरा उन्दैनन्?
किन हामी दसैं बेला रातो, सेतो र कालो टीका सराबरी लगाउँछौं?
किन टीकाको आशिषमा महाभारत र रामायणका पात्रको नाम जप्छौं?
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया