शुक्रबार, २२ अगस्ट २०२५

पिएरै सकियो

सुजन बुढाथोकी 

सुजन बुढाथोकी 

काठमाडाैं
News Image
• • •

यो जिन्दगी नसामा पिएरै सकियो।
उनकाे यादमा जिएरै सकियो।

भुलौं भने बिहानी मेरो कुनै कहानी छैन (२)
भुल्दाभल्दै आउने याद हररात तड्पिएरै सकियो।
यो जिन्दगी नसामा पिएरै सकियो। 

यो देशमा बलत्कारीहरु पनि त्यसरी नै सकिनुपर्छ (२)
जसरी कलिला ओठहरु निमोठिएरै सकियो।
यो जिन्दगी नसामा पिएरै सकियो।

हो ती जङ्गगलीहरु तबदेखी दुब्लाउन थालेका हुन्(२)
जब लुटिएरै सकियो देश सिनोझैं लुछिएरै सकियो। 
यो जिन्दगी नसामा पिएरै सकियो।

तिमी तिम्रो दिलको सास सकिएरै सकियौं सायद(२)
जिन्दगी चाहिँ यहाँ मेरो जन्मिएरै सकियो।
यो जिन्दगी नसामा पिएरै सकियो।

त्यहाँ चल्न त चल्छ मुटु तर ऐले कुनै प्राण छैन(२)
थियो त्यो पनि हिजो अर्कैलाइ दिएरै सकियो।
यो जिन्दगी नसामा पिएरै सकियो।

तिम्रो त बडादसै पनि बडास्वादले सकियो सायद(२)
मेरो त दिनरात परदेशमा दौडिएरै सकियो।
यो जिन्दगी नसामा पिएरै सकियो।
उनको यादमा जिन्दगी जिएरै सकियो!!

आइतबार, कार्तिक १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)