भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री प्रदान

भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

जंगीअड्डा भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन्।

 कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-05 13:54:00

प्रतिकृया दिनुहोस्