बिहिबार, २८ अगस्ट २०२५

  खानेपानीको समस्या

News Image
सांकेतिक तस्बिर
• • •

कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको  पानी उपभोग गर्न बाध्य हुँदै आएका छन्।

हालसम्म शुद्ध  पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ। स्थानीय पूर्णबहादुर दनुवार भन्छन्,'खानेपानीको अन्य विकल्प छैन। खोलाको पानी खान बाध्य छौँ।'

स्थानीय पञ्चमान दनुवारले  खोलाको पानी उपभोग गर्दा  बिरामी हुने गरेको जानकारी दिए।  कटारी ७ रिस्कुका वडाध्यक्ष धनबहादुर दनुवारले खोनेपानीको उचित प्रबन्ध गरिने लागेको जानकारी दिए। 
 
कोरोना सङ्क्रमण 

त्रियुगा नगरपालिकाका आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य कार्यलयका अनुसार सोमबार  नगरपालिकाका कर्मचारीको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो।

योसँगै  जिल्लामा  सङ्क्रमितको सङ्ख्या २५० पुगेको र ११ जना कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ। रासस 
 

 

बिहिबार, कार्तिक २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)