कहिले आउँछ कुकुर तिहार?

कसले बुझ्छ यार मलाइ कस्ले पुज्छ मेरो निधार
सडकको कुत्ता भन्छ कहिले आउँछ कुकुर तिहार??

रुँदै जिन्दगीभर ढोकामै गीत गाएर गरिव गाउँ फर्कियो(२)
हास्दै जब अदालतले नै भन्दियो कि कुनै गायककार
सडकको कुत्ता भन्छ कहिले आउँछ अब कुकुर तिहार?

फगत तिमी पनि यार बहिराहरुलाई आवाज सुनाउछौँ(२)
तिमी आफैँमा लाटो छौँ नबज्ने रेडियाे झैँ झ्यारझ्यार
सडकको कुत्ता भन्छ कहिले आउँछ अब कुकुर तिहार?

चोरले कुकुर मार्नु अघि सोध्यो कि किन कराएको(२)
उसले भन्यो अधिकार हो भुक्न पाउनु मेरो अधिकार
सडकको कुत्ता भन्छ कहिले आउँछ अब कुकुर तिहार?

उ मर्छ तर मरे मान्दैन मान्दैमान्दैन कहिले पनि तलाई(२)
मानौ कि जसरी सहिदले राणासाशन गर्यो अस्वीकार
सडकको कुत्ता भन्छ अब कहिले आउँछ कुकुर तिहार?

पक्कैपनि उ आज मरेको हुनुपर्छ या बेहोस बनाइएको(२)
नत्र भने जाबो बिरालोले कसरी गर्‍याे बाघको सिकार
सडकको कुत्ता भन्छ अब कहिले आउँछ कुकुर तिहार?

ए मेरो हजुर भन्ने म घर आउनु अघाबै पैला गइसकिछे(२)
त्यो कुकुर भयो यार इमान्दार बरु तिमी रह्यौ गद्दार
सडकको कुत्ता भन्छ कहिले आउँछ अब कुकुर-तिहार

तिमीले त अग्लो महलमा बेलायती डागो पालिछौं(२)
अब छाप्रोको छाउरोले मात्र गरिरनेभो गु खाने विचार

कसले बुज्छ यार यहाँ कसले पुज्छ मेरो निधार
सडकको कुत्ता भन्छ कहिले आउँछ कुकुर तिहार?

प्रकाशित मिति: : 2020-11-14 13:58:00

प्रतिकृया दिनुहोस्