
बिएल संवाददाता
विराटनगर महानगरपालिका १७ स्थित मटेरुवामा हवाई फायर गरिएको छ।
सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले आइतबार बिहान करिब ४ बजे हवाई फायर गरेको हो।
‘भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको ८/९ जनाको संख्यामा रहेका तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको हो,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने।
उनका अनुसार तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको थियो।
‘घटनामा एकजवानको हातमा सामान्य चोट लागेको छ। र तस्करीमा संलग्न ३३ वर्षीया रविना खातुनलाई पनि पक्राउ गरिएको छ,’ उनले भने।
उनको साथबाट एक बोरा कम्मरमा लगाउने पेटी बरामद गरिएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया