नागढुङ्गामा ट्रकले किच्दा साहुकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

 काठमाडौंको नागढुङ्गामा ट्रकले किच्दा एकजनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका २ पिपलबोट मोडस्थित सडकमा ना ६ ख ९७४८ नम्बरको ट्रकले किच्दा सोही ट्रकका साहुको मंगलबार मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु भएको हो। 

ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीकाे भनाइ छ।

प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-11-25 12:18:00

प्रतिकृया दिनुहोस्