थप १३ सय ८० जनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

शनिबार देशभर  ५ सय १५  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टाइनमा रहेकाे मन्त्रायलले जनाएकाे छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-28 16:39:00

प्रतिकृया दिनुहोस्