चन्द्रमाको ढुंगा र माटाे पृथ्वीमा ल्याउँदै चीन

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ।

चन्द्रमाको  ढुंगा र माटो ल्याउने लक्ष्यसहित २३ नोभेम्बरमा पृथ्वीबाट उडेको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो। 

China lands Chang'e-5 on lunar surface to bring back a piece of the Moon |  Business Standard News

चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन नसकेपछि रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्ग यान पठाइएको हो। 

उक्त अन्तरिक्ष यानले चन्द्रमाको सतहमा अवतरण गरेर त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गर्ने छ। यो यानले  मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ।

China's Chang'e-5 Moon mission probe touches down - BBC News

यो यानले त्यहाँका सामग्री सङ्कलन समेत गर्ने छ। जसका लागि ल्याण्डर, क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र समेत जडान गरिएको छ यो यानमा।

चिनियाँ अधिकारीहरुका अनुसार ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गर्ने छ। 

त्यसपश्चात ल्याण्डरले संकलित बस्तुलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ। 

China's daring mission to grab Moon rocks is under way

असेन्डरमा पुगेपछि उक्त माटो तथा ढुङ्गालाई पृथ्वीमा ल्याइने छ। 

चिनियाँ अधिकारीका अनुसार यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण गर्ने छ।

यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ।  हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ। 

China's Chang'e 5 mission has successfully landed on the moon | MIT  Technology Review

 ४४ वर्ष पहिले तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो।

अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन्।
 

प्रकाशित मिति: : 2020-12-02 12:35:00

प्रतिकृया दिनुहोस्