शुक्रबार, २२ अगस्ट २०२५

वीरका स्वास्थ्यकर्मीले ६ हप्ताका लागि स्थगित गरे आन्दोलन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विगत ४६ दिनदेखि आन्दोलन गर्दै आएका वीर अस्पतालका स्वास्थ्यकर्मीले ६ हप्ताका लागि सबै कार्यक्रम स्थगित गरेका छन्। 

आन्दोलनरत पक्ष र प्रतिष्ठानका पदाधिकारीहरूबीच भएको सम्झौता पछि आन्दोलन स्थगित गरिएको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘हामीले उठाएका मागहरू पूरा गर्ने सम्झौता भएसँगै हामीले आन्दोलन स्थगित गरेका हौं,’ उनले भने, ‘पदाधिकारी कार्यालयमा लगाएको तालासमेत खोलिदिएका छौं।’

विश्वब्यापी महामरीको रुप लिएको कोभिडविरुद्ध अघिल्लो मोर्चामा रहेर काम गरेका यहाँका स्वास्थ्यकर्मीले चैतदेखि भत्ता नपाएको गुनासो गरेका छन्। औषधि खर्चलगायत सेवा विस्तार, भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्रीमा सरकार मात्र होइन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी पनि उत्तिकै उदासिन रहेको उनीहरुको आरोप छ। 

लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएपछि स्वास्थ्यकर्मीले एक साताअघि न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए।

शुक्रबार, मंसिर १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!