
बिएल संवाददाता
भारतमा मंगलबार एक दिनमा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमित पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।
जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी संक्रमितमुक्त भएका छन्। सो मन्त्रालयका अनुसार हाल चार लाख तीन ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो।
भारतमा कोरोना भाइरस संक्रमितबाट २४ घण्टामा थप ४०२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ।
भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ४६० अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ। महाराष्ट्रपछि केरलामा ५९ हजार ८७३ सक्रिय संक्रमित अवस्थामा रहेका छन्।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमूना परीक्षण गरेको जनाएको छ। –एएनआई
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया