कर्साङ र सुस्मिताको आवाजमा ‘मायारी’

गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ। 

म्हार्मेन मिडियाको अफिसियलयुटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन्।

आफूले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन्।

सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन्। 

पारिजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो।

देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादनर कलर गरेका हुन्।
 

प्रकाशित मिति: : 2020-12-09 15:47:00

प्रतिकृया दिनुहोस्