सिरहामा १६ महिनामा ९४ जनाले गरे आत्माहत्या

सिरहामा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ।

जिल्ला प्रहरी कार्यालय, सिरहाको तथ्यांक अनुसार बितेको १६ महिनाको अवधिमा ९४ जनाले आत्माहत्या गरेका छन्।

आत्माहत्या गर्नेमा महिलाको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी उपरीक्षक उमासंकर पंजियारले बताए।

झुन्डिएर आत्महत्या गर्ने गर्नेको संख्या बढी रहेको प्रहरीले जनाएको छ।  चालु आर्थिक वर्षमा झुन्डिएर ४२ जनाले आत्महत्या गरेका छन् भने १२ जनाले बिष सेवन गरी आत्महत्या गरेको पाइएको छ।

मनोवज्ञानिक समस्याको कारण आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि भएको मनोविद्धहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-12-11 16:01:00

प्रतिकृया दिनुहोस्