अर्जुन रामपाललाई पुनः सोधपुछका लागि एनसीबीले बोलायो

अभिनेता अर्जुन रामपाललाई ड्रग कारोबारमा पुनः सोधपुछका लागि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बोलाएको छ। गत नोभेम्बर १३ मा एनसीबीले उनीसँग ७ घण्टा लामो सोधपुछ गरेको थियो। 

रामपालको घरबाट जफत गरिएको इलेक्ट्रोनिक्स डिभाइसको रिपोर्ट आएपछि एनसीबीले उनीसँग दोस्रो पल्ट छानवीनका लागि बोलाएको हो। 

एनसीबीले ९ नोभेम्बरमा उनको घरमा छापा हानेको थियो। यसअघि रामपालका ड्राइभर तथा प्रेमिका ग्याब्रियला डेमेट्रियाडेसलाई पनि सोधपुछका लागि बोलाइएको थियो। 

घरमा छापा हान्दा रामपालको घरबाट केही प्रतिबन्धित औषधि फेला परेको भारतीय अखबारहरूले लेखेका छन्। रामपालको प्रेमिकाका भाईलाई केही समय थुनामा राखेर सोधपुछ गरिएको थियो। उनलाई अदालतले ५० हजार धरौटीमा छोडिसकेको छ।

प्रकाशित मिति: : 2020-12-16 13:22:00

प्रतिकृया दिनुहोस्