
बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले थपेका नयाँ सदस्यहरुलाई शपथग्रहण गराएका छन्।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उनले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका थिए।
बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ। र, बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ।’
थापाले अब कूल सदस्य संख्या- १,१९९ पुगेको जानकारीसमेत गराएका छन्।
पार्टीमा मौजुदा संख्या - ४४७, मनोनित संख्या- ५५६ गरेर हाल १,००३ जना सदस्य पुगेको छ। अब रिक्त संख्या - १९६ पछि थप्ने उनले जानकारी दिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया