
रातोपाटी
सुदर्शन आचार्य
उखुको वक्यौता भुक्तानीको माग गर्दै काठमाडौँमा भएको आन्दोलनमा सहभागी एक पात्र थिए नारायण राय यादव । सर्लाही जिल्लाको धनकौल गाविस–७, छोटौल घर भएका नारायणलाई गाउँमा ‘नारायण भगत’का नामले पनि चिनिन्छ ।
आन्दोलनमा उत्रिएका किसान सरकारबीच चार बुँदे सहमति भएसँगै नारायणको मनमा ठुलो ठेस लाग्यो र हृदयाघातका कारण मंगलबार उनको निधन भयो ।
बुधबार आफ्नै गाउँ नजिक घाटमा उनको अन्त्येष्टि भएको छ । तर उनको सपनाको भने अन्त्येष्टि हुन नदिने अठोट शोकाकुल परिवारको छ ।
६४ वर्षीय यादव वास्तविक किसान थिए । उनका तीन छोरा पनि कृषि पेशामै छन् । जेठो छोरा सियाराम, माइलो दिलाराम र कान्छो जियारामले पितालाई सघाउँदै कृषि पेशा नै अपनाए ।
जग्गाजमिन प्रशस्त भएर पनि खान–लाउन सकस झेल्दै आएको यो परिवारका लागि उखु बाली लगाउनु नै अभिशाप बन्यो । २० बिघा जमिन भएर पनि नगदे बालीका रुपमा मानिने उखु अधिकांश जमिनमा लगाउनका बाबजुद चार वर्षसम्म चिनी मिललाई उधारोमा उखु दिनु परेका कारण यो परिवारको आर्थिक अवस्था धरासायी बन्यो ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया