हुम्लामा रोकिएका जहाज हिउँ पन्छाएर नेपालगन्ज पठाइयो

भरी हिमपात पछि हुम्लाको सिमकोट विमानस्थलमा रोकिएका दुईवटा विमानले उडान भरेको छ। 

हिमपातका कारण तारा एयरलाईन्सका दुई वटा ट्वीनीटर विमान सिमकोट विमानस्थलमा हिउँमाथि रोकिएका थिए। 

नागरिक उड्डयान प्राधिकरणका सिमकोट शाखाका हिउँ फाल्ने गाडीबाट विमान स्थलमा जमेको हिउँ पन्छाए पछि जहाज उड्न सफल भएका हुन।लगातार परेको हिमपातका कारण हवाई सेवा बन्द भएपनि मंगलबार केहिबेर हिमपात रोकिदा बिमानस्थलमा जमेको आधा फिट हिउँ पन्छाएर जहाजलाई नेपालगन्ज फिर्ता पठाउन सफल भएको प्राधिकरण सिमकोट शाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले बिएल नेपाली सेवालाई बताए। 

‘दिनभर मौसम सफा नभएपनि केही बेर हिमपात रोकिदा विमानस्थल सफा गर्न सकिएको हो,’ उनले भने।

जहाजमाथि परेको हिउँ बिहान एयरलाइन्सका कर्मचारी मिलेर फालेका थिए।

रोकिएका जहाज मात्र पठाउने कार्य भएपनि मौसम खराव भएका कारण अन्य उडान भएका छैनन्।

प्रकाशित मिति: : 2021-01-05 14:11:00

प्रतिकृया दिनुहोस्