वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भए उमेर पुगेर पनि कसकसले मत खसाल्न पाउँदैनन्

बिबिसी

काठमाडाैं

निर्वाचन आयोगले सरकारद्वारा प्रतिनिधिसभाका लागि चुनावको घोषणा गरेपछि तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारीहरू थालिसकेको जनाएको छ।

अधिकारीहरूका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो र सामग्री व्यवस्थापन लगायतका काममा आयोग अहिले लागिपरेको छ।

सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि चुनावको मिति तोकेको छ।

प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।सर्वोच्च अदातलको संवैधानिक इजलासले उक्त मुद्दामा "गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले" बृहत् पूर्ण इजलासमा नपठाई आफैँ सुनुवाइ गर्ने निर्णय शुक्रवार गरेको छ।

प्रकाशित मिति: : 2021-01-16 18:15:00

प्रतिकृया दिनुहोस्