शुक्रबार, २२ अगस्ट २०२५

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

 इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । 

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो । 

यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए ।  

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए। 

सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

आइतबार, माघ ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)