पत्नी अर्कैसँग ‘पोइल’ गएपछि मलेसियामा उड्यो मिलनको प्राण, शव आउँदा शोक

लोकान्तर

काठमाडौँ
गगन अर्याल

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बिहान ७ बजे नै आएर सिन्धुलीका सन्त लामा तामाङ कागजपत्र मिलाउन व्यस्त देखिन्थे । प्रहरीलाई कागजपत्र देखाउँदै शव बुझ्ने ठाउँ कुन हो भनेर सोध्दै थिए ।

मलिन अनुसारमा रहेका तामाङलाई प्रहरीले लाइनमा लगायो । 

उनी लाइनमा लाग्नुको कारण थियो, आफ्ना भान्जा (मिलन लामा तामाङ) को मलेसियामा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएपछि शनिवार शव काठमाडौं पुग्दैथियो ।

शनिवार नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विमान चार्टर्ड गरेर १९ जनाको शव काठमाडौं ल्याउँदै थियो, जसका उनका भान्जाको शव पनि थियो । ९ वर्ष अघिदेखि वैदेशिक रोजगारी रहेका उनका भान्जा मिलन भर्खर २९ वर्ष पुगेका थिए । 

‘लाउलाउ–खाउखाउ उमेरमा छोडेर गए,’ सन्त लामा तामाङले भने, ‘अघिल्लो रात १२ बजेसम्म कुराकानी भएको थियो रे बुवासँग, बिहानै ८ बजेतिर मर्‍यो भन्ने खबर आयो ।’

१५ दिनअघि मात्रै २ वर्षीय छोरा र ५ वर्षीया छोरी छाडेर मिलनकी पत्नी अर्कैसँग ‘पोइल’ गएपछि परिवार दुःखमा थियो । उसले छोडेर गए पनि आफूसँग छोराछोरी भएकाले चिन्ता नगर्न बुवाआमालाई मिलनले फोनमार्फत् भनेका थिए । 

प्रकाशित मिति: : 2021-01-23 15:05:00

प्रतिकृया दिनुहोस्