गतिविधिमा मध्यपश्चिम विश्वविद्यालय साहित्य समाज

मध्यपश्चिम विश्वविद्यालय आन्दोलनका कारण रणभूमीमा परिणत भइरहेको बेला साहित्यका विद्यार्थीहरु भने सृजनात्मक गतिविधिमा लागेका छन्। 

शनिबार मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा बृहत् रचना वाचन कार्यक्रमको आयोजना गरेकाे हाे। 

यसभन्दा पहिला राष्ट्रिय स्तरका गजलकारहरुलाई समेटेर चार वटा ठूला महफिल चलाएको साहित्य समाजले यो पटक आफ्नै विश्वविद्यालयमा अध्ययनरत प्रत्येक संकायका विद्यार्थीकाे प्रतिनिधित्व हुने गरि रचना वाचक छनोट गरेको कवि विज्ञान राजले बिएल नेपाली सेवालाई जानकारी दिए। 

'यो पटक गजल, मुक्तक र कविता गरि तीनवटै विधालाई समावेश गरिएको थियो,' उनले भने, '१२ जनाले विधागत रचना वाचन गर्नुभयाे।' 

वार्षिकोत्सब समारोहका  प्रमुख अतिथि विश्व विद्यालयका पुर्व रजिस्ट्रार महेन्द्रकुमार मल्ल थिए भने कार्यक्रममा विभिन्र संकायका क्याम्पस  प्रमुखहरुको पनि उपस्थिति रहेकाे थियो। 

समग्रमा साहित्य समाजले विश्व विद्यालयलाई एउटा सृजनशिल उत्पादनको थलोको रुपमा चिनाउन सफल भएको आयाेजककाे दावी छ।
 

प्रकाशित मिति: : 2021-01-23 21:11:00

प्रतिकृया दिनुहोस्

    हार्दिक धन्यवाद भब्य भयो कार्यक्रम

    • 3 बर्ष अगाडि
    • घनश्याम राना ऋतु