म राजनीतिमा प्रवेश गर्ने खबर झुटो होः अभिनेता जर्ज क्लुनी

हलिउड अभिनेता, लेखक, निर्माता तथा निर्देशक जर्ज क्लुनीले आफू राजनीतिमा प्रवेश गर्न लागेको खबर झुटो भएको बताएका छन्।

ओके म्यागजिनसँग कुरा गर्दै उनले राजनीति गर्ने मान्छेको जीवन अत्यन्तै कठिन हुने र आफूले त्यस्तो कठिनाई भोग्न नसक्ने बताए। 

आफूलाई सामाजिक कार्यमा रुची भएको र सानोतिनो कामहरु गर्ने गरेको उनले बताए। क्लुनीले भने, ‘राजनीतिमा मेरा धेरै मित्र छन्। म उनीहरूको सम्मान गर्छु।’ 
६ मे १९६१ को दिन लेक्जिङटन, केन्टकीमा जन्मेका क्लुनीले अभिनय गरेका केहि चर्चित सिनेमामा ‘द मिड नाइट स्काई’, ‘इ आर’, ‘ग्रेभिटी’, ‘द अमेरिकन’, ‘सिरियाना’, ‘द पिसमेकर’, ‘आर्गो’ आदि हुन्।

प्रकाशित मिति: : 2021-01-31 18:56:00

प्रतिकृया दिनुहोस्