बिहिबार, २८ अगस्ट २०२५

गोपाल गिरी पत्रकारिता पुरस्कार यादव र केशरीलाई

News Image
• • •

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ।

यादव र केशरी विगत लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रही पत्रकारिता क्षेत्रमा समर्पित रहेकाले उहाँहरुलाई जनही रु २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरेको छ। प्रत्येक वर्ष एक जना पत्रकारलाई सो पुरस्कार दिने प्रावधान रहेपनि यसवर्ष एकैपटक उक्त पुरस्कार यादव र केशरीलाई दिइएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले बताए।

विसं २०६० तिर तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाह सत्तामा आए पनि वीरगञ्ज नगरपालिकाको प्रमुखमा गोपाल गिरीलाई मनोनित गरेका थिए। गिरी प्रमुखमा मनोनीत भएको करीब छ महिनापछि तत्कालीन माओवादीले गिरीलाई बोलाएर वीरगञ्जको वाइपास सडकखण्डमा गोली हानी हत्या गरेका थिए।

गिरीको सम्झनामा उनकाे छाेरा गिरिश गिरीले सो पुरस्कारको स्थापना गरेका हुन्। 

मंगलबार, माघ २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!