
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले लडाईमा नहारेको नेपाली खेलकुदमा पनि पछि नपर्ने बताएका छन्।
मंगलबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित खेलकुद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले इतिहासको कुनै युद्धमा नहारेका नेपाली भकुण्डोसंग पनि नहार्ने बताएका हुन्।
‘इतिहासमा कतै नहारेको नेपालीले खेलकुदमा जित्नको लागि अभ्यास नपुगेका हो' प्रधानमन्त्री ओलीले भने, 'हामी राष्ट्रिय युद्ध जित्ने अनि एउटा कराँते हार्ने? त्यसैले नेपालीले आफ्नो क्षमता जित्ने तह सम्म पु¥याउने कोसिस गर्नुपर्छ, त्यसमा सरकारले साथ दिन्छ।’
इतिहास जितको भन्दै खेलकुदमा जित्नै पर्ने उनको भनाइ छ।
आवश्यक प्रविधिको व्यवस्था आफ्नो गच्छे अनुसार गर्ने भन्दै उनले भने, खेलाडीले सिक्नको लागि भन्दै अनावश्यक कुराको माग गर्नुुहुँदैन्। न्यूनतम आवश्यकता सरकारले पूर्ति गर्छ। सपिङ गर्ने तरिकाले होइन्, गच्छे अनुसारले आवश्यकका सामग्रीका व्यवस्थापन गर्छौ।’
गतवर्ष सम्पन्न १३ औं सागमा असाधारण प्रगति भएकोमा आफूलाई अत्यन्त खुसी लागेको भन्दै उनी भन्छन्, 'आगामी दिनमा खेलाडी छनोटमा थप सुधार गर्नु आवश्यक छ।’
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया