शुक्रबार, २२ अगस्ट २०२५

नेपाललाई चीनले पाँच लाख कोरोनाको भ्याक्सिन दिने

News Image
Hamro Kantipur
• • •

चीन सरकारले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान दिने भएको छ। 

चीनका विदेश मन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा खोप अनुदान दिने बताएका छन्। 

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयहरूमा छलफल भएको थियो। चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकतासमेत दिएको वाङ यीले बताए। 

शनिबार, माघ २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)