बिहिबार, २८ अगस्ट २०२५

१८० वर्ष बाच्न अमेरिकामा न्युयोर्क टाइम्सका लेखक डेभले गरे स्टिम सेलको ट्रान्सप्लान्ट

News Image
• • •

अमेरिकी व्यवसायी तथा न्युयोर्क टाइम्सका उत्कृष्ट लेखक डेभ एस्प्रेले आफ्नो बोनमेरोबाट स्टिम सेल निकालेर पुनः ट्रान्सप्लान्ट गरेका छन्।

शरीरको ‘बायोलोजिकल क्लक’ लाई उल्टो घुमाउने अभियानअन्तर्गत १ सय ८० वर्ष बाच्ने आफ्नो इच्छा भएको उनले बताएका छन्। 

बायोह्याङ्किङको उपमा दिइएको यो कार्यलाई उनले मोबाइल फोन जस्तै भविस्यमा हिँडडुल गर्न काम लाग्ने बताए। ४७ वर्षका डेभ सन् २१५३ सम्म बाच्न चाहन्छन्। यसका लागि उनले कोल्ड क्रायोथेरापी च्याम्बर र विशेष गरेर ब्रतको उपाय अपनाउन थालेका छन्। उनी ४० वर्षभन्दा कम उमेरका मानिसले आफूले गरेको उपाय अपनाउने हो भने सय वर्ष मज्जाले बाच्ने बताउँछन्। 

डेभले आफ्नो यो अभियानमा ७ करोड ४० लाख रुपैयाँ खर्च गरिसकेका छन्। उनले शरीरको पुरै सिस्टम स्तरीय बनाउन यस्तो सावधानी अपनाएको बताएका छन्। उनी भन्छन्, ‘मैले खानेकुरालाई नियन्त्रित गरिसकेको छु। सुत्ने तरिकामा परिवर्तन ल्याएको छु। बुढेसकाल नआउने तरिका पनि लागु गरेको छु।’

डेभले स्टिम सेल ट्रान्सप्लान्ट गर्नुको उद्धेश्यमाथि प्रकाश पार्दै भने, ‘जतिबेला हामी युवा हुन्छौं, त्यतिबेला शरीरमा करोडौं स्टिम सेल हुन्छ। तर, उमेर बढ्दै गएपछि सेल समाप्त हुन थाल्छ। यसैले मैले स्टिम सेल ट्रान्सप्लान्ट गरेको हुँ।’ उनले यसका लागि ब्रत र लामो समयपछि खाना खाने उपाय अपनाएको पनि बताए। 

हार्वर्ड विश्वविधालयका वैज्ञानिक मार्क एलनले पनि स्टिम सेलले उमेरसँग जोडिएको जटिलतालाई कम गर्न भूमिका खेल्ने बताएका छन्। सोही विश्वविधालयको स्टिम सेल एण्ड रिजनरेटिभ बायोलोजीका प्रोफेसर एमी वेगर्सले भनिन्, ‘हामी प्रोटिनले कसरी मानिसको उमेरमा परिवर्तन ल्याउँछ भनेर अनुसन्धान गरिरहेका छौ।’

१७ वर्षअघि तिब्बतमा ट्रेकिङ गर्ने क्रममा डेभको स्वास्थ्य अवस्था कमजोर भएको थियो। यतिबेला उनलाई याकको दुधको चिया उपलब्ध गराइएको थियो। जसले उनको शरीरमा नयाँ उर्जा थपियो। यही कारण उनले मेरिकामा बुलेटप्रुफ कफी लञ्च गरेका थिए। यो एमसीटी तेल र मख्खनबाट बनाउने गरिन्छ। बिहान यो पिउँदा तौल घट्ने भनाई छ। 

डा. ट्रुडी डिकिनका अनुसार एक कप सामान्य कफीमा ५ सय क्यालोरी हुन्छ। बुलेटप्रुफ कफिमा कार्बोहाइडेडको मात्रा हुँदैन।

आइतबार, माघ २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)