सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप 

File Photo
File Photo

बलिउड अभिनेत्री सन्नी लियोनीमाथि २९ लाख भारतीय रुपैयाँ ठगी गरेकाे आरोप लागेकाे छ।

भारतीय पत्रिका दि हिन्दुमा छापिएको समाचार अनुसार पेरु मबरुरमा बस्ने आर श्रेयसले सन्नीविरुद्ध २९ लाख भारतीय रुपैयाँ ठगीको आरोप लगाएका छन्।

श्रेयसका अनुसार सन्नीले दुई कार्यक्रमको लागि उक्त रकम लिएकी थिइन्। तर, उनले कार्यक्रममा उपस्थित हुन अस्वीकार गरिन्।

यो विषयमा केरल क्राइम शाखाले सन्नीलाई सोधपुछका लागि बोलाएको थियो। सन्नीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छन्।

सन्नीका अनुसार आयोजकले पटक–पटक कार्यक्रम रद्द गर्याे, निर्धारित समयानुसार कार्यक्रम आयोजना भएन। सन्नीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे, उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छन्। 
 

प्रकाशित मिति: : 2021-02-07 09:48:00

प्रतिकृया दिनुहोस्