
सेतोपाटी
कञ्चनपुरको भीमदत्तनगरपालिका-१२ भीमबस्तीकी कोपिला सुनारले गत पुस ७ गते पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्।
२० वर्षमै आमा बनेकी उनलाई बच्चाको स्याहारसुसार कसरी गर्ने भन्ने धेरै थाहा थिएन। त्यसैमाथि स्वास्थ्य चौकी नगएर घरमै बच्चा जन्माउँदा स्तनपानबारे पनि उनले ज्ञान पाइनन्।
‘स्वास्थ्य चौकीमा सुत्केरीलाई स्तनपानबारे सिकाउँछन् होला तर मैले त त्यो थाहा पाइनँ,’ उनले भनिन्।
छोरी जन्मेको केही दिनमै उनी घरको कामकाजमा व्यस्त हुन थालिन्। उनले आफ्नी भर्खरकी छोरीलाई समयमा दूध खुवाउन र स्याहार गर्न पाइनन्।
काममा व्यस्त भएका बेला बच्चालाई परिवारका सदस्यले भैंसीको दूध खुवाउँथे।
‘आमाको भन्दा भैंसीको दूधमात्र बढी खुवाउँदा बच्चाको तौल घट्दै गयो,’ उनले भनिन्।
नाबालक शिशुको स्याहारबारे घरका अरू सदस्यलाई पनि थाहा नभएको उनले बताइन्।
‘गाउँघरमा बच्चालाई कसरी स्याहार गर्ने भन्नेबारे धेरै जानकारी छैन, बच्चालाई छोडेर मेलापात जानुपर्ने बाध्यता छ,’ उनले भनिन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया