रोनाल्डोको गोलसंगै युभेन्टसको महत्वपूर्ण जित

Photo - AP
Photo - AP

गएराति शनिवार भएको खेलमा युभेन्टसले रोमालाई पराजित गरि तेस्रो स्थानमा पुगेको छ। 

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई २–० ले पराजित गरेको हो।

युभेन्टसका लागि १३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए। त्यस्तै ६९ औँ मिनेटमा रोमाका इबानेज डा सिल्भाले आत्मघाती गोल गरेका थिए।

युभेन्टसको जित संगै यो समूह ४२ अंकसहित युभेन्टस तेस्रो स्थानमा पुगेको छ। त्यस्तै  ४० अंकसहित रोमा चौथो स्थानमा झरेको छ।

शीर्ष स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ तथा दोस्रो स्थानको एसी मिलानको २० खेलबाट ४६ अंक छ।

प्रकाशित मिति: : 2021-02-07 13:39:00

प्रतिकृया दिनुहोस्