ऋषभ पन्तलाई ‘प्लेयर अफ दि मन्थ’अवार्ड

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

भारतीय विकेटकिपर ऋषभ पन्तले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले घोषणा गरेको ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड जित्न सफल भएको छ।

सोमबार आइसीसीले अवार्ड घोषणा गरेको थियो। महिला क्रिकेटरमा दक्षिण अफ्रिकाकी सबनम इस्माइललाई पुरस्कृत गरिएको थियो। 
पन्तले इंग्ल्याण्डको जो रुट र आयरल्याण्डको पल स्टर्लिङलाई पछाडि छोडेका थिए।

आइसीसीले गत जनवरीमा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनको आधारमा तीन–तीन खेलाडीलाई सर्टलिस्ट गरेको थियो।

प्रकाशित मिति: : 2021-02-08 19:51:00

प्रतिकृया दिनुहोस्