‘संसदीय व्यवस्थामा विघटनको अधिकार’

नारायण काफ्ले

काठमाडाै‌ं

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा विपक्षीतर्फको बहस करिब अन्तिम चरणमा पुगेको छ । समयसीमामा कडाइ गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुधबार १६ जना कानुन व्यवसायीले बहस सकेका छन् । सोही हाराहारीमा प्रधानमन्त्री ओलीतर्फबाट कानुन व्यवसायीले बहसमा नाम मात्र लेखाएका छन् ।

बिहीबार एक घण्टामा बाँकी कानुन व्यवसायीले पनि बहस सक्ने प्रतिबद्धता इजलाससमक्ष गरेका छन् । प्रधानमन्त्रीतर्फको बहस सकिएपछि बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीले बहस प्रारम्भ गर्नेछन् ।

बुधबार खाजा समयपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजै बहस सकिन्छ कि सकिन्न भन्ने जिज्ञासा ओली पक्षका कानुन व्यवसायीलाई गर्नुभएको थियो । सो पक्षबाट अधिवक्ता रमेश बडालले बिहीबार एक घण्टा पाएमा आफ्नोतर्फको बहस सकिने जवाफ दिनुभएको थियो । बिहीबार प्रधानमन्त्रीतर्फबाट अधिवक्ता बाबुराम दाहाललगायतले बहसको समापन गर्ने तयारी छ । प्रधानमन्त्रीतर्फको बहस सकिएपछि सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदीलगायतले बहस गर्नुहुनेछ । सभामुखका कानुन व्यवसायीको बहसपछि एमिकसका तर्फबाट इजलासलाई विघटनको मुद्दामा राय दिन बहस हुनेछ । नेपाल बार एसोसिएसनबाट सिफारिसमा पर्नुभएका वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेलले बहस गर्नुहुनेछ । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिसमा पर्नुभएका वरिष्ठ अधिवक्ताद्वय गीता पाठक सङ्ग्रौला र पूर्णमान शाक्यले बहस गर्नुहुनेछ ।

प्रकाशित मिति: : 2021-02-11 06:22:00

प्रतिकृया दिनुहोस्