ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

Thahakhabar

धनुषाको पूर्वपश्चिम राजमार्ग पोर्ताहास्थित सडकखण्डमा बुधबार ट्रकको ठक्करबाट मोटरसाइकल चाकलकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय भगवान बाबु यादव रहेका छन्।
 
पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश २०३००१ ख ४६४ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको लु. ५१ प ४१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक घटनास्थलबाट फरार रहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-02-18 21:57:00

प्रतिकृया दिनुहोस्