
बिएल संवाददाता
नेकपा ओली समूहका शीर्ष नेता तथा गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव नेपाल समूह हिटलरका संचारमन्त्री गोयबल्स शैलीमा फुटवादी, गुटवादी कृयाकलापमा लागेको आरोप लगाएका छन्।
गोयबल्सले एउटै झुट सय पल्ट बोलेर जनतालाई दिगभ्रमित गर्ने गरेको पुरानो इतिहास काेट्याउँदै उनले प्रचण्ड–नेपाल समूह भ्रम फैलाउने अभियानमा लागेको बताए। विराटनगरमा आयोजित जनसभामा बोल्दै गृहमन्त्री थापाले भने, 'अवसरवादीहरूको हिटलरको जस्तै महत्वकांक्षा सफल हुनदिने छैनौं।'
प्रतिनिधिसभा बिघटन अग्रगामी कदम भएको उनको दाबी थियो। 'जनताको बीचमा जाने, जनताले फैसला गर्ने, जनतालाई नै न्यायाधीश बनाउने कुरा के प्रतिगामी हो?' –उनले प्रश्न गरे। संसद बिघटन क्रान्तिकारी र संवैधानिक कदम भएको बताएका छन्।
उनले प्रचण्ड–नेपालको देशलाई असफल बनाउने योजनाको भण्डाफोर गर्ने चेतावनी दिएका छन्। संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको समेत उनको भनाई थियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया