शनिबार, २० सेप्टेम्बर २०२५

घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ

रासस

रासस

बारा
Photo : dcnepal
• • •

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ। 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ। 

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ। आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो। 

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए। आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ । 
 

शनिबार, फाल्गुण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)