सवारी दुर्घटनामा जसपाका केन्द्रिय सदस्य महतो गम्भीर घाइते

विजय साह

जनकपुर

सवारी दुर्घटनामा परी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य देवनारायण महतो गम्भीर घाइते भएका छन्।

बिहीबार ढल्केबरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि उनी सवार रहेको बा ३८ प ६९८८ नम्बरको मोटरसाइकलमा ना ४ ख ८१६० नम्बरको तेल टंयाकरले ठक्कर दिँदा जसपाका केन्द्रिय सदस्य महतो गम्भीर घाइते भएका हुन्।

महोत्तरीको गौलाशा नगरपालिका ५ घर भएका केन्द्रिय सदस्य महतोको टाउको तथा बाँया खुट्टामा गम्भीर चोट लागेको छ।

ढल्केबरस्थित नीजि स्वास्थ्य उपचार केन्द्रमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरधामसिथत जेएमसी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

तेल ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2021-02-25 14:54:00

प्रतिकृया दिनुहोस्