बिहिबार, २८ अगस्ट २०२५

बलिउड नायक ऋतिक रोशनसगँ क्राइम ब्रान्चको ३ घण्टा सोधपुछ, कगंनालाई पनि सोधपुछ गरिने 

Photo : orissa
• • •

बलिउड नायक ऋतिक रोशनलाई मुम्बई क्राइम ब्रान्चले ३ घण्टा सोधपुछ गरेको छ।  

मुम्बई क्राइम ब्रान्चले ऋतिकसगँ नायिका कंगना रनौतसगँको विवादबारे सोधपुछ गरेको हो। सोधपुछ पश्चात ऋतिकले मिडियासँग कुनै जवाफ दिएका छैनन्।

भारतीय मिडियामा उल्लेख भए अनुसार मुम्बई क्राइम ब्रान्चले कंगनासँग पनि सोधपुछ गर्ने बताईएको छ। 

सन् २०१६ मा ऋतिकले कंगनालाई एउटा इमेल पठाएको आरोप लागेको थियो। ऋतिकले सन् २०१६ मा कंगनाको विरुद्धमा एफआइआर दर्ता गर्दै सन् २०१३ देखि सन् २०१४ को अन्त्यसम्म कंगनाले सय वटा इमेल पठाएको उल्लेख गरेका छन्। 

आइतबार, फाल्गुण १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)