युरोपको झल्को दिने रूपन्देहीको विकास, सबैलाई उछिन्दै यसरी मार्‍यो छलाङ [विशेष रिपोर्ट]

प्रकाश आचार्य

५० को दशकसम्म सामान्य व्यापरिक केन्द्रको रूपमा सीमित रूपन्देही (बुटवल) पछिल्लो साढे दुई दशकमा सबैलाई उछिन्दै विकास, निर्माण र पूर्वाधारको सबालमा मुलुककै लागि उदाहरणीय बन्न पुगेको छ ।

रूपन्देहीको पछिल्लो विकासले युरोपको झल्को दिन थालेको पूर्वाधारविज्ञहरूको भनाइ छ । विकास र पूर्वाधारका कामले रूपन्देही हरेक सम्भावना भएको जिल्लाको रूपमा स्थापित भएको छ । 

भौतिक संरचनाको विकास र सुविधामा सबैभन्दा बढी ठूला योजना भित्र्याउने जिल्लामा रूपन्देहीले सबैलाई उछिन्दै आएको छ । भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायातको क्षेत्रमा रूपन्देहीले ठूलो छलाङ मारेको छ ।   

यहाँका निर्माणसम्पन्न विकासका पूर्वाधार लोभ लाग्दा छन् । राष्ट्रिय गौरवका आयोजनासहित यहाँ दुई दर्जनभन्दा बढी ‘मेगा प्रोजेक्ट’ निर्माणाधीन छन् । केहीको निर्माण सम्पन्न भइसकेको छ भने केही सम्पन्न हुने चरणमा छन् । 

प्रकाशित मिति: : 2021-03-01 14:26:00

प्रतिकृया दिनुहोस्