बिएल संवाददाता
शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको सन्थाल बस्तीको शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली मोरङ जादैछन्।
उर्लाबारी नगरपालिकामा बन्न लागेको सन्थाल जातीको एकिकृत बस्तीको शिलान्यास गर्न ओली त्यहाँ पुग्न लागेको हुन्। एकीकृत सन्थाल बस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ।
सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्वेक्षणअनुसार १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको पाईएको छ।
२७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि घर बनाउन नसक्ने स्थिति रहेको पाईएको हो।
अहिले मन्त्रालयले रातोहोली खाल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो। पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया