सरकार–विप्लव समूहबीचको सम्झौता ऐतिहासिक उपलब्धिः उपप्रधानमन्त्री पोखरेल 

फाइल तस्वीर
फाइल तस्वीर

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले सरकारसँग गरेको तीनबुँदे सम्झौता महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

नेता पोखरेलले सामाजिक फेसबुकमा लेखेका छन्, 'अब हिंसा र विखण्डनका विषयहरू आधारभूत रूपमा समाधान भएका छन्।'

'मुलुकमा देखापरेका समस्यालाई शान्तिपूर्ण तरिका र संवादका माध्यमबाट समाधान गर्दै अगाडि बढ्ने साझा संकल्प र अठोटमा पुगेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसित नेपाल सरकारले सहमती गरेको छ', पोखरेलले लेखेका छन्, ‘देशभित्रका समस्यालाई समाधान गर्न विखण्डनको नारा लिएर देखापरेका सिके राउत मुलुकको मूलधारको राजनीतिमा सामेल भैसक्नु भएको छ। अब हिंसा र विखण्डनका विषयहरू आधारभूत रूपमा समाधान भएका छन्।’ 

राष्ट्रिय स्वार्थमा महत्वपूर्ण र ऐतिहासिक भूमिका पूरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही बेला पदच्यूत गर्न तानावाना बुनिरहेकाहरू कसको स्वार्थमा काम गरिरहेका भनेर मन्त्री पोखरेलले प्रश्न समेत गरेका छन्।

प्रकाशित मिति: : 2021-03-05 17:59:00

प्रतिकृया दिनुहोस्