बिहिबार, २१ अगस्ट २०२५

सर्वोच्च अदालतमा ओली–प्रचण्ड पक्षबाट बहस गर्ने वकीलले भने- एमाले-माओवादी एकता प्रक्रिया सम्पूर्ण भंग हुने बाटोमा गयो 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सर्वोच्च अदालतमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट नेकपाको नामविवादको मुद्दामा बहस गरेका अधिवक्ता रमेश बडालले ‘सम्पूर्ण एकता प्रक्रिया भंग हुने बाटोमा’ गएको प्रतिक्रिया दिएका छन्। 

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ भन्ने नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता भएका ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीले पाउने कि ओली–प्रचण्ड अध्यक्ष रहेको पार्टीले पाउने भन्ने मुद्दामा सर्वोच्च अदालतले आइतबार फैसला गरेको हो । कट्टेल अध्यक्ष रहेको पार्टीले नेकपा पाएको हो। 

बडालले भने, ‘फैसलाले निर्वाचन आयोगको फैसला बदर गरेको छ।’

फैसलाले गत माघ ११ गते निर्वाचन आयोगले गरेको फैसलालाई पनि खारेज गरेको छ, जसले नेकपा एकीकरणको पाँच वर्षअघि फुट्न नसक्ने फैसला गरेको थियो । सो फैसलाले नेकपाका दुई जना अध्यक्ष र ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई आधिकारिक मानेको थियो। 

‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र क्रियाशील हुने अवस्थामा पुग्ने संभावना हुन्छ’, बडालले भने, ‘सम्पूर्ण एकता प्रक्रिया भंग हुने बाटोमा गयो।’



नेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।

फैसलासँगै ०७५ जेठ ३ मा भएको एमाले–माओवादी एकीकरण भङ्ग भएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ।

आइतबार, फाल्गुण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)