शुक्रबार, १९ सेप्टेम्बर २०२५

पार्किङबाटै हेल्मेट हराएपछि फुर्‍यो बिजनेस आइडिया

सेतोपाटी

सेतोपाटी

काठमाडाैं
News Image
• • •

पाँच वर्षअघि सजल जोशी स्नातक पहिलो सेमेस्टर पढ्दै थिए। अध्ययनभन्दा बढी साथीसंगीसँग रमाइलो गर्न र घुम्न तम्सन्थे। एकदिन साथीको जन्मदिन मनाउन ठमेल पुगे। पार्किङमा बाइक राखे, हेलमेट त्यहीँ छाडे।

'पार्किङमा बाइकसँगै हेलमेट छाडेको थिएँ,' सजलले त्यो दिनको घटना सुनाए, 'बेलुका फर्कने बेला त हेलमेट थिएन।'

सजलको बसाइ बालकुमारी। झपक्कै साँझ परिसकेको थियो। हेलमेट नभएपछि हिँडेरै घर पुगे।पार्किङबाट हेलमेट हराउनु काठमाडौंको 'सामान्य' समस्या हो। सजलले जस्तै अर्को हेलमेट लिएर भोलिपल्ट बल्ल बाइक लिन जानुपर्ने बाध्यता छँदैछ।

 

बुधबार, फाल्गुण २६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!